fbpx




बनेपा, पुस २ (नेपालनीति) – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १(क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ ( ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २९क मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २  ( ख) मा छ जनाको जमानत जफत भएको हो ।

देशभक्त गणतान्त्रिक मोर्चा, ( नेकपा माले), विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनता पार्टी र स्वतन्त्रसहित विभिन्न साना राजनीतिक दलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सदर मतको १० प्रतिशत मत नभए जमानत जफत हुने कानूनी प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १५ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा सात जना, प्रतिनिधिसभा क्षेत्र नं १( ख) मा १० जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा ११ जना, प्रतिनिधिसभा क्षेत्र नं २( क) मा सात जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा आठ जनाको उम्मेदवारी परेको थियो । दलका उम्मेदवारले प्रतिनिधिसभाका लागि रु १० हजार र प्रदेशसभाका लागि रु पाँच हजार जमानत बुझाएका थिए ।

तपाईंको प्रतिकृयाहरू