fbpx




प्रकाश अर्याल, नेपालनीति
असोज १, काठमाडौं

गए राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा घरेलु टोली वाटफर्डले म्यान्चेस्टर सिटी बाट लज्जास्पद हार बेहोरेको छ। म्यानचेस्टर सिटीले वाटफर्ड माथि ६-० को जित निकाल्न सफल भएको हो। म्यान्चेस्टर सिटीका लागि अर्जेन्टिनी सेन्ट्रल स्ट्राइकर सर्जियो अग्युरोले ह्याट्रिक गरेका थिए। त्यस्तै गरी ग्याब्रीयल जिजस, निकोलस ओतामेन्दी र रहिम स्ट्रलिङको व्यक्तिगत खातामा १-१ गोल रह्यो। हिजोनै भएको अर्को खेलमा घरेलु टोली लिभरपुललाई बुर्निले १-१ को बराबरीमा रोक्न सफल भयो। खेलको २७ औं मिनेटमा बुर्निलाका खेलाडी एआर फिल्डले अग्रता दिलाए पनि ३० औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले खेल बराबरीमा लिएका थिए। बाँकी समयमा भने दुवै तर्फ बाट कुनै पनि गोल हुन सकेन। त्यसै गरी हिजोनै भएको अर्को खेलमा टोटेनहम हटस्पर र स्वान्से सिटी अनि वेस्ट ब्रोम र वेस्ट ह्यामको खेल भने ०-० मा टुङ्गिएको छ। गए रातिनै भएको खेलमा लेसिस्टर सिटी र हडर्सफिल्डको खेल १-१ मा टुङ्गिएको छ, त्यसै गरी साउथय्मटनले क्रिस्टल प्यालेस माथि १-० को जित निकालेको छ भने न्यु क्यासलले स्टोक सिटी माथि २-१को शानदार जित हासिल गरेको छ।

तपाईंको प्रतिकृयाहरू