fbpx




काठमाडौं , पुस २ (नेपाल नीति): नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार प्रतिनिधिसभामा समानुपातिक सिट प्राप्त गर्न कुनै पनि राजनीतिक दलले कुल मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने प्रवधान रहेको छ र भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३ प्रतिशत मत नकटाएकाले साना दलहरुले प्राप्त गरेको झण्डै १० लाख मत काम नलाग्ने भएको छ ।

 

प्रतिनिधिसभा समानुपातिक तर्फ विवेकशील साझा, राप्रपा, नयाँशक्ति, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा लगायतका अन्य दलले ९ लाख ९४ हजार ८ सय ३० मत पाएका छन् । यो सङख्या कुल मतको झन्डै १०.४६ प्रतिशत मत हो ।

 

३ प्रतिशतको थ्रेसहोल्ड नकटाएकाले यी दलहरु राष्ट्रिय दल बन्न पाउने छैनन् र आफ्ना सांसद पनि प्रतिनिधिसभामा पठाउन पाउने छैनन ।

तपाईंको प्रतिकृयाहरू