fbpx




प्रतीमा पोखरेल
असोज १, नेपालनीति

दशैं तिहारको बेला सुरु भैसकेको छ। दुख ले आर्जेको आफ्नो घरलाई विशेष ढंगले रङ्याउन र सजाउन चाहना हामी सबैमा हुन्छ । कतिपय मानिसहरु चाहि यही बेलामा आफ्ना घरलाई रिसेलिङका लागि समेत तयार गर्छन् । प्रत्येक व्यक्ति आफ्नो घर महङ्गो मूल्यमा बिक्री होस् भन्ने चाहन्छ । निर्माण सामाग्रीको बढ्दो भाउले यस्तो चाहनालाई केही राहात मिले पनि अन्य धेरै कम खर्चिला तरिका छ्न, जसलाई थोरै मात्र ध्यान दियौ भने आफ्नो घरको मूल्य अलिक बेसि पाउन सकिन्छ । यस्ता समान्य उपाय, जसलाई ध्यान दिदा खर्च पनि अधिक हुन्न, तर उपलब्धी भने राम्रो हुन्छ ।

यदि घरमा पेन्टिङ गरेको धेरै समय भएको छ भने भित्ताहरुमा ताजा पेन्टिङ गर्दा यसबाट घरको मूल्य बढ्नेछ । ध्यान राख्नुहोस् कि यस्तो काम गर्दा यसमा धेरै खर्च नहोस् । मात्र बेसिक डिसटेम्पर मात्र प्रयोग गरे काफी हुन्छ । न्यूट्रल सेड्सको छनौट गरि हल्का रंगबाट घर ठूलो र राम्रो देखिन्छ । बजारमा अहिले प्रिन्टेड डिजाइनहरुको ट्रेण्ड चलेको छ । पर्खालमा यस्ता प्रिन्टेड डिजाइनहरुलाई समेत प्राथमिकताका साथ लगाउन सकिन्छ । यसमा तपाईंको लागत छण् हजारको हाराहारीमा आउँछ, जसबाट तपाईंको घरको मूल्य २ देखि ४ लाखसम्म वृद्धि हुन्छ ।

घरमा पार्किङ नहुनु ठूलो शहरको ठूलो पिरलो हो । त्यसैले पर्किङ इस्थानम ध्यान दिन जरुरी हुनेछ । सामान्य रुपमा हेर्दा पार्किङ जस्तो कुरामा मानिसहरुले खासै ध्यान दिंदैनन् । यदि पार्किङ जस्ता कुराहरुमा थोरै मात्र ध्यान दियो भने घरको मूल्य समेत बढाउन सकिन्छ । पार्किङमा पनि कलरफूल सेड्स लगाइदिदा यस्तो क्षेत्रमा पारदर्शी लाइट समेत लगाउन सकिन्छ । यसमा तपाईंको अधिकतम लागत ज्ञण् हजार पर्नेछ । यसबाट तपाईंको घरको मूल्य ५० हजार रुपैयाँसम्मले बढ्नेछ ।

 

यदि घरमा व्यवस्थित फूलबारी बनाउन सकियो भने त्यसले शानदार लुक्स दिन्छ त्यसैले फुलबारी लगाउने कुरामा ध्यान दिनुपर्दछ । फूलबारीमा थरि थरी फुल लगाएर बगैंचालाई आकर्शक लुक्स दिन सकिन्छ । खालि घरमा कृत्रिम फूल तथा प्लान्ट्सहरु पनि निकै राम्रो देखिन्छ । यदि बाल्कोनीमा रेलिङ लगाउनुभएको छ भने त्यसमा रङ्ग लगाउन सकिन्छ । यसरी सानो फूलबारी बनाउँदा तपाईंको लागत बढीमा १० हजार हुनेछ, यसले घरको मूल्य १ लाख रुपैयाँसम्म बढाइदिनसक्छ ।
यदि किचनमा काठको सामान राख्नुभएको छ र यसको कलर बिग्रेको छ भने रङ्याउदा राम्रो हुन्छ । मार्वलमा पनि पोलिसिङ गराउन सकिन्छ । साङ्ला र अन्य किराहरुबाट बच्नका लागि पेस्टीसाइड्सको प्रयोग गर्नुहोस् । यसका लागि लागत बढीमा टरठ हजार रुपैयाँ पर्नेछ । यसबाट घरको मूल्य १५रद्दण् हजारले बढ्नेछ ।

 

पानीको धारामा पानी आइरहेको छैन वा कुनै धारा बिग्रिएको छ भने घर खरीद गर्न चाहनेलाई लाग्न सक्छ कि यो घरमा धेरै कुराको मर्मत गर्नुपर्ने हुनसक्छ, यसले घरको मूल्य घटाइदिनसक्छ त्यसैले पानिको धारा मर्मत गरौं । तर, यति सानो काम आफैंले गरेमा घरको मूल्य घट्न दिंदैन । त्यसकारणसबैतर्फ लगाइएको पानीको धारालाई ठीक पार्नुहोस् । यस्तो काम गर्दा द्ध हजार भन्दा बढी खर्च हुन्न । यसले घरमा मूल्य ज्ञण् हजार रुपैयाँ भन्दा बढीले वृद्धि गरिदिन्छ ।

फ्लोरमा टुटेफूटेको छ भने मानिसलाई त्यो ठीक लाग्दैन । त्यसकारण फ्लोरलाई पनि विशेष ढंगले सजाउन आवश्यक हुन्छ । त्यसकारण टुटेफूटेको फ्लोरमा कि नयाँ टायल लगाउने वा आकर्षक लुक्स दिनका लागि पोलिस गराइदिनुपर्द्छ । तर मार्बलको ग्रिडिङ र पोलिसिङमा धेरै खर्च हुनसक्छ । यसमा न्यूनतम लागत द्दण् हजार पर्नसक्छ । यसबाट घरको मूल्य छण् हजारले वृद्धि हुनेछ ।

 

घरमा रहेको बिजुलीको सामान एकपटक बिग्रियो भने त्यसलाई ठीक पार्ने वा बनाउनेतर्फ हाम्रो ध्यान जाँदैन । कतिपय घरको खरीद गर्ने व्यक्ति हतारोमा हुनसक्छन । यस्तो अवस्थामा उनीहरुका लागि सबै कुरा दुरुस्त हुन आवश्यक छ । यदि आफ्नो घरको सबै फङ्शनल प्लग, प्वाइन्ट्स र स्वीच राम्रो अवस्थामा राख्नुभएको छ भने यसबाट तपाईंले राम्रो कमाई प्राप्त गर्नुहुन्छ । यसमा तपाईंको छ हजार सम्म खर्च लाग्नसक्छ । यसबाट तपाईंको घरको मूल्यमा १० हजारसम्म वृद्धि हुनसक्छ

तपाईंको प्रतिकृयाहरू