fbpx




असोज १, काठमाडौं, नेपालनीति

जीवित व्यक्ति वा ब्रेन डेथ भएको निश्चित समयमा शरीरभित्र सक्रिय र स्वस्थ रहेका अंगहरु दान गरि अर्को रोगीको शरीरमा काम नलाग्ने अंगको सट्टामा राख्नुलाई मानव अंग प्रत्यारोपण भनिन्छ । मानव अंगलाई बिशेषज्ञ चिकित्सकले विशेष प्रविधिमार्फत प्रत्यारोपण गर्ने गरिन्छ । मानव शरीरको अंगदान वा प्रत्यारोपणले हरेक बर्ष हजारौं मानिसलाई नयाँ जीवन दिईरहेको छ । एउटा स्वस्थ व्यक्तिले वा मस्तिष्क मृत्यु पछि आफ्ना शरीरबाट खेर जाने अंगहरु दान गरेर अर्को रोगी व्यक्तिलाई दिन सक्छन् । विभिन्न रोगबाट ग्रस्त बिरामीलाई प्रत्यारोपण गरी उनीहरुको ज्यान बचाउन सकिन्छ ।

सन् १९५४ डिसेम्बर २३ का दिन अमेरिकाको बोस्टन सहरमा रहेको बहिगंम अस्पतालका डाक्टर जोसेफ मुर्रे र डेभिड ह्युमले पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण गरेक थिए । त्यसपछि मानव अंग प्रत्यारोपणको इतिहास सुरु भएको विश्व स्वास्थ संगले जनाएको छ । नेपालमा सन् १९६७ मा वीर अस्पतालमा दान गरिएको आखाँको पहिलोपटक प्रत्यारोपण गरिएको थियो । सन् १९९४ मा तीलगंगा आखाँ अस्पतालमा आखाँ बैंक स्थापना भयो । त्यसयता लगातार आँखा दान संगै प्रत्यारोपण भईरहेको छ । मिर्गौलाको पहिलोपटक प्रत्यारोपण भने सन् २००८ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भयो । कलेजो प्रत्यारोपणको सुरुवात मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सुरु भएको छ भने हड्डी (बोनम्यारो) को सिभिल सर्भिस हस्पिटलले प्रत्यारोपण सुरु गरेको छ ।

(गज्जब साप्ताहिक पत्रिकाको सहयोगमा तयार पारिएको)

तपाईंको प्रतिकृयाहरू