fbpx




काठमाडौं, पुस ३ (नेपाल नीति) : ने.बि. संघ केन्द्रले आज बालुवाटार स्थित प्रधानमन्त्रि निवासमा प्रधानमन्त्रि एंव पार्टी सभापति शेर बहादुर देउवा समक्ष चुनाव प्रचार प्रसारका क्रममा सख्त घाइते मीरा कटुवालको स्वास्थ्य उपचारको लागि सम्पूर्ण व्यवस्था गरिदिन आग्रह गरेको छ ।

केन्द्रिय अध्यक्ष नैन सिंह महरको नेतृत्वमा नेबिसंघ केन्द्रका अधिकांस नेता कार्यकर्ता वालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्रि देउवाले नेविसंघ केन्द्रिय सदस्य समेत रहेकी कटुवालको उपचारमा कुनै कमि हुन नदिने प्रतिबद्धता गरे ।

सोहि अवसरमा अध्यक्ष महरले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराई संविधान कार्यान्वयनको दिशामा मुलुकलाई अघि बढाउन सफल भएकोमा प्रधानमन्त्रि देउवालाई बधाई सहित धन्यवाद व्यक्त गरे ।

तपाईंको प्रतिकृयाहरू