fbpx




नयाँ दिल्ली, पुस ३ (बिबिसी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा भएको राज्य निर्वाचनको प्रारम्भि मत परिणामअनुसार भारतीय जनता पार्टीको अवस्था खस्कँदो देखिएको छ ।

गुजरातमा भएको एक सय ८२ राज्य सभा सिटका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टीले एक सय एक स्थानमा लिड गरिरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । त्यसैगरी प्रमुख प्रतिपक्ष दल कांग्रेस आईले भने ७५ सिटमा लिड गरिरहेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

गुजरात भारतीय जनता पार्टीको मजबुत पकड क्षेत्रका रुपमा लिइन्छ । गुजरातमा भाजपाले २२ वर्षदेखि निरन्तर शासन गर्दै आइरहेको छ । तर यस निर्वाचनमा विपक्षीहरुले गठबन्धन बनाएकाले यस निर्वाचनमा भाजपाको बहुमत नआउने संकेत मिलेको विभिन्न सर्वेक्षणलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सन् २०१२ मा भएको गुजरात राज्यको निर्वाचनमा भाजपाले एक सय १६ सिट जितेको थियो भने कांग्रेस आईले केबल ६१ सिट मात्रै जितेको थियो । प्रारम्भिक नतिजामा कांग्रेस अगाडि रहेको थियो ।

कांग्रेस अघि हुने बित्तिकै ओरालो लागेको स्टक मार्केट भाजपा अगाडि लागेपछि सुध्रिएको थियो । वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन पटकसम्म गुजरातको मुख्यमन्त्री रहेका थिए । उनले गुजरातमा गरेको कामकारबाहीको प्रख्याती कै कारण राष्ट्रिय निर्वाचनमा जितको आधार बनेको थियो । गुजरातमा भाजपाको पराजय मोदीको प्रख्यातीमासमेत असर पर्ने आंकलन गरिएको छ । यस निर्वाचनका लागि मोदीले गुजरात राज्यमा मात्रै तीन दर्जन पटक भन्दा बढी बैठक गरेको र उनले निर्वाचन अभियानलाई आर्थिक अभियानसँग जोडेका थिए । उनले हिन्दू राष्ट्रवादलाई पनि चुनावको मुख्य अजेन्डा बनाएका थिए ।

तपाईंको प्रतिकृयाहरू