fbpx




वासिङ्टन, पुष ४ (नेपालनीति) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका नागरिकमाथि निशाना गर्दै उपयोग गर्न नमिल्ने अर्थात् ‘फोहोर’ को संज्ञा दिएका हुन् ।
उनले डीभी लोट्रीबाट अमेरिका भित्रिने विदेशी नागरिक समग्र सुरक्षाका लागि समेत चुनौती भएको बताउँदै आएका छन् ।

“पछिल्ला दिनमा अमेरिकाभित्रै आतंककारी गतिविधि बढेका छन् । न्युयोर्क सहरमा दुई पटक आतंकी हमला भएका छन् । यी दुवै घटना हाम्रो कामै नलाग्ने आप्रवासन प्रणालीका कारण घटेका हुन् । ती दुई घटनामध्ये एउटामा आतंककारी ‘चेन आप्रवासन व्यवस्था’ मार्फत अमेरिका पसेकाको हात थियो । अर्को हमलाको अपराधीचाहिँ चिठ्ठा भिसा प्रणालीबाट अमेरिका छि¥यो । हो, चिठ्ठाबाट मान्छे छान्ने रे !

के तपाइँलाई लाग्छ चिठ्ठा प्रथा लागू भएका देशले आफ्ना राम्रा मान्छे हामीलाई दिन्छन् ?

होइन । तिनीहरूले हामीलाई सबैभन्दा रद्दी मान्छे दिएका छन् । एउटा रद्दीको टोकरीमा मान्छेको नाम हाल्ने अनि हामीले नाम तान्ने रे ! सबैभन्दा खराबभन्दा पनि खराब नाम तान्ने । त्यसपछि बधाई छ, तपाईं अमेरिका जान पाउनुहुन्छ रे ! यो कस्तो प्रणाली हो ? चिठ्ठा भिसा प्रणाली ! म यो प्रणालीको अन्त्य गरी योग्यतामा आधारित भिसा प्रणाली सुरु गर्न अमेरिकी कांग्रेसलाई आह्वान गर्दछु।”

(एफबीआई राष्ट्रिय एकेडेमीमा शुक्रबार ट्रम्पको मन्तव्य)

तपाईंको प्रतिकृयाहरू