fbpx




कपिलवस्तु , पुस ५ (नेपाल नीति): कांग्रेसका नेता तथा पूर्व भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले कपिलवस्तु क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि यतिबेला आफ्ना मतदातालाई धन्यवाद दिन मतदाताको घरदैलोमा पुगेका छन् ।

पहिले दुई पटक भारतका लागि राजदुत बनिसकेका उपाध्याय, नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको घोषणा पछि राजदुतको पदबाट राजीनामा दिएर नेपाल फर्केका थिए ।

कपिलवस्तु क्षेत्र न १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उपाध्यायले बाम गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ सँग करिब १००० मतले पराजय भोगेका हुन् ।

निर्वाचनमा पराजित भएपछि उनी अहिले आफ्ना मतदाता माझ धन्यवाद ज्ञापनका साथै जनताका समस्या तथा गुनासहरु सुन्न भन्दै घरदैलोमा पुगेका छन् । उपाध्यायले आफूले निर्वाचनमा पराजय भोग्नु परेपनि आफ्नो क्षेत्रको विकास र समृद्धिको अभियानमा निरन्तर लागिरहने प्रद्धिबद्धता जनतासामु जाहेर गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू