fbpx




काठमाडौं, पुस ५ (नेपाल नीति): चिनिया पत्रिका ग्लोबल टाईम्सका अनुसार केपी ओलि नेतृत्वमा अब नेपालमा बन्ने नयाँ सरकारको पालामा चिनले केरुङ — काठमाडौं रेलमार्ग निर्माण तिब्र गतिमा अघि बढाउने भएको छ ।

उक्त समाचार अनुसार चिन नेपालको असल छिमेकि भएका नाताले विनासर्त ओलिले लिएको समृद्धि र विकासका योजनामा सहयोग गर्ने कुरा बताइएको छ । नेपाल र चिनलाई रेलले जोड्ने महत्वाकांक्षी योजनाका साथ अन्य विकास निर्माणका कार्यहरु जस्तै तातोपानी सुख्खा बन्दरगाह निर्माणका साथै अरनिको राजमार्ग तथा स्याप्रुबेशी—रसुवागढी राजमार्गको स्तरोन्नतिमा पनि चिनले सहयोग गर्ने छ ।

यस्तै बाम गठबन्धन निर्माणमा चिनको हात रहेको आरोपको पनि चिनले खण्डन गरेको छ । यसैगरि चिनले भारतलाई पनि विनासर्त नेपालको विकासका लागि चिनसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेको छ ।

तपाईंको प्रतिकृयाहरू