fbpx




 

गुल्मी, ५ पुस (नेपालनीति) – गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका शवलाल अर्यालको मृत्यु भएपछि अस्पतालले पीडीत परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ ।
दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका(६ अर्जेका ५६ वर्षीय शवलाल अर्यालको परिवारले क्षतीपूर्तिवापत १० लाख पाउने भएको हो ।

अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको मृत्यु भएको भन्दै आफन्तले मृतकको शव नबुझेका हुन्।
मृतका आफन्त र अस्पताल प्रशासनसहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा बसेको छलफलले मृतकका परिवारलाई क्षतीपूर्ति वापत १० लाखसहित परिवारलाई आजीवन स्वास्थ्य उपचारको व्यबस्था मिलाउने गरी सहमती भएको मालिका गाउँपालिका(६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
परिवार र अस्पताल प्रशासनको सहमति पछि परिवाले शव बुझेका छन् ।
बावुको मृत्यु भएपछि उनका २१ वर्षीय छोरा बेहोस भएका छन् । मृतक अर्याललका परिवारमा श्रीमती ४ छोरी र १ छोरा रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू