fbpx




दाङ, पुस ६ (नेपाल नीति) : तुल्सिपुर उद्योग बाणिज्य संघले बुधवार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले जसरी भएपनि दाङलाई ५ न. प्रदेशको राजधानि बनाईने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेता महराले दाङ मात्र प्रदेश न. ५ को राजधानि बन्न भौगोलिक, सुरक्षा तथा सम्पूर्ण दृष्टिकोणबाट उपयुक्त रहेकाले आफुले दाङलाई प्रदेशिक राजधानि बनाउन पहल गरिरहेको कुरा बताए । यस्तै यदि दाङलाई प्रादेशिक राजधानि बन्न नदिईए छुट्टै प्रदेश बनाएर भए पनि राजधानि बनाइ छाड्ने कुराको जिकिर पनि गरे ।

फरक प्रशंगमा बोल्दै महराले भने, “एमाले र माओवादी केन्द्रका विचमा छिटै पार्टी एकिकरण हुन्छ र जनताको चाहना बमोजिम राष्ट्र समृद्धि र विकासको दिशामा अघि बढ्छ । ” यसै गरि दाङमा नियमित हवाई उडानका लागि पनि आफुले पहल गरिरहेको कुरा बताउदै अबको केहि दिनदेखि हप्तामा दुई वटा उडान हुने कुराको जानकारी समेत गराए ।

महरा २०६४ को संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका नेता राजु खनाललाई पराजित गर्दै दाङ क्षेत्र न २ बाट निर्वाचित भएका छन् ।

तपाईंको प्रतिकृयाहरू