fbpx




प्रकाश अर्याल

असोज १, काठमाडौं, नेपालनीति

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको लन्डन डर्बीमा चेल्सी र आर्सनलको खेल बराबरीमा टुङ्गिएको छ। चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेल ०-० मा टुङ्गिएको छ। खेलमा दुवै पक्षले बिभिन्न मौकाहरू सिर्जना गरेपनि गोल गर्न सफल भएनन्। आर्सनलका वेल्स मिडफिल्डर एरोन राम्सीले एकपटक पोस्टमा स्ट्राईक गरेका भएपनि बलले पोष्ट चुम्न सकेन। त्यस्तै फ्रान्सेली सेन्ट्रल स्ट्राइकर ल्याकाजाटीले नजिकैबाट गोल गर्ने राम्रो अवसर बाट चुकेका थिए। घरेलु टोली चेल्सीले पनि थुप्रै अवसरहरु गुमाएको थियो, पेड्रोले वान भर्सेज वानमा लगेको बललाई आर्सनलका किप्पर पिटर चेकले क्लियर गरिदिएका थिए। स्टार खेलाडीहरु इडिन हाजार्ड र एलेक्सेस सान्चेज वेन्चमा हुनुनै दुवै टोलीको निम्ति सुखद हुन सकेन। खेल सकिन ३ मिनेट अगाडि ब्राजिलियन डिफेन्डर डेभिड लुईजले रातो कार्ड पाएपछि चेल्सी दश खेलाडीमा सीमित थियो।

 

 

तपाईंको प्रतिकृयाहरू