fbpx




महोत्तरी, पुस ६ (नेपालनीति) महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ ।

आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको ट्र्याक्टर अनियन्त्रित हुँदा बाटोको छेउमा रहेको महतोलाई ठक्कर दिँदा घटनस्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

ट्र्याक्टर चालक फरार रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए

तपाईंको प्रतिकृयाहरू