fbpx




पुस ६ (नेपाल नीति) : अमेरिकाले जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिने निर्णयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भएको मतदानमा १४ राष्ट्रले अमेरिकी निर्णयका विरुद्ध मतदान गरे पछि ट्रम्पले ती राष्ट्रहरुलाई दिदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाट अर्बाै डलर आर्थिक सहयोग लिने तर अमेरिका बिरुद्धमा नै लाग्ने राष्ट्रहरुलाई अमेरिकाले सहयोग रोक्न सक्ने चेतावनी दिएका छन् । सुरक्षा परिषदमा अमेरिका बाहेकका अन्य १४ राष्ट्रहरुले जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिने अमेरिकी निर्णयलाई कानुनी मान्यता दिन नसक्ने भन्दै त्यसका बिरुद्धमा भोट गरेका थिए ।

अमेरिकाले सुरक्षा परिषदको निर्णयमा भिटो प्रयोग गरेपछि उक्त मुद्धालाई बिहिबार हुने संयुक्त राष्ट्रसंघ साधारण सभाको मतदान बाट टुङ्गो लगाइने छ ।

तपाईंको प्रतिकृयाहरू