fbpx




रामपुर, पाल्पा, पुस ६ (नेपालनीति) पाल्पाको रामपुर नगरपालिकामा ओम शान्ति तथा ब्रह्मकुमारी राजयोग केन्द्रको भवन निर्माण शुरु गरिएको छ । रामपुरवासीको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय रामपुर शाखाले सो भवन निर्माण कार्य अघि बढाएको हो ।
करिव रु एक करोडको लागतमा निर्माण कार्य थालिएको सो भवनका लागि अहिलेसम्म स्थानीवासीबाट ३० लाख बराबरको नगद र रु चार लाख बराबरको जिन्सी सहयोग प्राप्त भएको भवन निर्माण समितिका अध्यक्ष ऋषिराम भट्टराईले बताए । बगैँचासहितको दुईतले १६ कोठे भवन निर्माण गरिने उनले जानकारी दिए ।

रामपुर नगरपालिकालाई शान्त र सुखमय नगर बनाउन यस क्षेत्रका स्थानीयवासीको सहयोग र साथमा ओम शान्ति तथा ब्रह्मकुमारी राजयोग केन्द्रको भवन निर्माण शुरु गरिएको रामपुर शाखाका प्रमुख ब्रह्मकुमारी सरस्वतीले बताइन् ।

रामपुर नगरपालिका वडा नं ५ कार्यालय नजिकै रहेको भट्टराई परिवारद्वारा सञ्चालित दुर्गा मन्दिरको नाममा रहेको एक रोपनी जग्गा ओम शान्ति तथा ब्रह्मकुमारी राजयोग केन्द्र रामपुरको भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराइएको मन्दिरका संरक्षक भोजराज भट्टराईलेबताएका छन् ।

तपाईंको प्रतिकृयाहरू