fbpx




लन्डन, असोज १ (एजेन्सी)– बेलायतको राजधानी लन्डनस्थित एक भूमिगत रेलमा शुक्रबार भएको आक्रमणका संलग्न थप एक शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ ।

लन्डन प्रहरीले रेल आक्रमणमा संलग्न अन्य चारजनाको खोजी गरिरहेको बताइएको छ । यस अघि विस्फोटनमा संलग्न रहेको आशंकामा शनिबार अबेर राति १८ वर्षे एक युवकलाई डोवरको दक्षिणी बन्दगाह क्षेत्रबाट पक्राउ गरिएको थियो ।

आइतबार पक्राउ परेका ती व्यक्तिलाई लन्डनको पश्चिमी भाग हाउन्स्लोमा पक्राउ गरिएको प्रहरीले एक विज्ञप्तिमार्फत बताएको छ । लन्डनको दक्षिणपश्चिमस्थित पार्सन्स ग्रीन स्टेसनको डिस्ट्रिक्ट लाइन रेलमा शुक्रबार बिहान भएको बिस्फोटमा कम्तीमा ३० जना घाइते भएका थिए ।

लन्डन प्रहरीले उक्त हमलालाई आतंककारी हमला भनेको छ । क्षति सानो भए पनि त्यो आतंककारी हमला नै थियो भन्दै प्रहरीले ती हमलाकारीहरुको खोजी गरिरहेको जनाएको छ । लन्डनमा पटक पटक आतंककारी हमला हुने गरेको छ ।

 

तपाईंको प्रतिकृयाहरू