fbpx




काठमाडौँ, पुस ७ (नेपालनीति) नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् ।

दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताएका छन् ।
निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने भन्दै महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरेका छन्।
‘कुनै अबरोधले भूमिका खेलेन भने अबको तीन हप्तामा नयाँ सरकार बन्छ,’ महराले भने, ‘नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्य भए पुग्छ ।’
यसैबीच, पत्रकार सम्मेलनमा बोल्दै नेता महराले प्रदेश ५ को राजधानी दाङमै हुने दावी गरेका छन् । दाङकै पक्षमा बहुमत भएको दावी गर्दै महराले राजनीतिक सहमतिका आधारमा दाङ नै राजधानी घोषणा हुने दावी गरे ।
प्रदेश ५ को जिल्लाको समग्र विकासका लागि दाङलाई नै केन्द्रविन्दू बनाउनु पर्ने भन्दै महराले हरेक हिसावले दाङ नै उचित भएको बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू