fbpx




सिराहा, पुस ७ (नेपालनीति)- जिल्ला मालपोत कार्यालय सिराहामा बम बिस्फोट भएको छ । अज्ञात समूहले गरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् ।

विष्फोट दिउँसो करिब २ बजेको समयमा भएको बताइएको छ । विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको जिल्ला प्रहरी कार्यलय सिराहाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृयाहरू