fbpx




काठमाडौं, असोज २, नेपालनीति
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्र्गत सोमबार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार तराईका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा साँझ ५ बजेसम्म मदतान हुनेछ । साँझ ५ बजेसम्म मतदान केन्द्रमा पुगिसकेका मतदाले भोट दिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरु भएको केही समयमानै सर्लाहीका दुई मतदान केन्द्रमा झडप भएको बताइएको छ । त्यहाँको विवरण भने आउन बाँकी रहको छ ।
मतदानमा भाग लिन र आफ्नो मतको सदुपयोगन गर्न निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले मतदातालाई आग्रह गरिसकेका छन् ।
यादवले स्थानीय निर्वाचनलाई पर्वका रुपमा मनाउन मतदातासँग अनुरोध गरेका छन् ।
प्रदेश नं २ को चुनावबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचति हुँदैछन् । प्रदेश २ मा एउटा वीरगञ्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनपुर तीन उपमहानगरपालिक, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् ।
चुनावका लागि वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी महिलालाई प्राथमिकता दिई लाइनमा बस्ने व्यवस्था गरिएको छ । दृष्टिविहीनलाई एकाघरका सदस्यले मत दिन सघाउन सक्ने व्यवस्था आयोगले गरेको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश २ मा नगरप्रमुख वा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जना प्रतिस्पर्धामा छन् । नगर उपप्रमुख वा गाउँपालिका उपाध्यक्षमा १ सय ९७ पुरुष र ९ सय १९ जना महिला उम्मेदवार चुनावी मैदान छन् । वडाध्यक्षमा ८ हजार ५२ जना पुरुष र २ सय २३ जना महिला उम्मेदवार छन् । निर्वाचन गराउन २ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् । सुरक्षाकर्मी बाहेक ३१ हजार ५ सय कर्मचारी चुनावमा परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि वैशाख ३१ मा तीन प्रदेशमा पहिलो चरण, असार १४ मा तीन प्रदेशमा दोस्रो चरणमा स्थानीय चुनाव भइसकेको छ ।

तपाईंको प्रतिकृयाहरू