fbpx




कोरीबाटी, पुस ९ (नेपालनीति)– निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ’अनुराग’को ६० प्रतिशत सुटिङ सकिएको छ ।
बीचमा अभिनेत्री तथा फिल्म कि निर्मात्री एलिजा गौतमको स्वास्थ्यले साथ नदिएको कारण सुटिङ केही समय रोकिएको र पुस १० गतेबाट फेरी निरन्तर सुटिङ हुने जानकारी निर्देशक चौलागाईंले आफ्नो अफिसियल फेसबुक मार्फत दिएका छन् ।

चलचित्र ‘अनुराग’ आउँदो नेपाली नयाँ वर्षको बैशाख २८ गते रिलिज गरिने तयारी भइरहेको बताइएको छ ।  ‘अनुराग’मा नव नायक समुद्र पण्डित र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा रहेका छन् । एरिका फिल्म्सको ब्यानरमा एक भिन्न सांगीतिक प्रेमकथालाई बोकेको ‘अनुराग’मा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत र रामकुमार के.सीको छायांकन रहेको छ ।

तपाईंको प्रतिकृयाहरू