fbpx




काठमाडौं, पुस ९ (नेपालनीति)– संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले राष्ट्रियसभासम्बन्धी अध्यादेश जति रोक्यो त्यति नै देउवा सरकारको आयु लम्बिने बताएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी अध्यक्ष उपेन्द्र यादवसहित भएको भेटवार्तामा उनले राष्ट्रपतिलाई तत्काल अध्यादेश जारी गर्न सुझाव दिँदै यस्तो बताएका हुन् ।

 

दलहरुसँग परामर्शका क्रममा रहेकी राष्ट्रपतिले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरेकी हुन् । शीतल निवासमा भएको भेटमा फोरम नेताहरुले भने अध्यादेश नरोक्न सुझाव दिएका छन् ।

जति दिन अध्यादेश रोक्यो, त्यति नै शेरबहादुर देउवा सरकारको आयु लम्बिनु हो’ नेता श्रेष्ठले भने ।

राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा मागेकी थिइन् । जवाफमा फोरम नेताहरुले कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू