fbpx




वासिङ्टन, पुस १० (बिबिसी)– विवादित जेरुसेलमलाई इजरायली राजधानीको मान्यता दिँदै तेल अभिभमा रहेको आफ्नो राजधानी जेरुसेलम सार्ने निर्णय गरेको अमेरिकालाई ग्वाटेमालाले पनि साथ दिने भएको छ ।

ग्वाटेमालाका राष्ट्रपति जिम्मपी मोरेल्सले पनि इजरायलका लागि आफ्नो देशको राजधानीलाई जेरुसेलम सार्न आदेश दिएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको कुराकानीपछि यस्तो निर्णय लिइएको ग्वाटेमालाका राष्ट्रपति मोरेल्सले आफ्नो फेसबुका पोस्ट गरेका छन् ।

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विषयलाई उल्ट्यान भन्दै संयुक्त राष्ट्रसंघमा भएको मतदानमा अमेरिकाको पक्षमा मतदान गर्ने नौ राष्ट्रमध्ये ग्वाटेमाला पनि एक थियो । गत साता संयुक्त राष्ट्रसंघमा भएको निर्वाचनमा आफ्नो कदमलाई साथ नदिने देशलाई गर्दै आएको आर्थिक सहायता बन्द गर्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका थिए । ग्वाटेमालाका लागि अमेरिका एक महत्वपूर्ण सहायता राष्ट्र हो ।

आइतबार ग्वाटेमालाका राष्ट्रपति मोरेल्सले आफूले ग्वाटेमालाका अधिकारीहरुलाई तेल अभिभमा रहेको आफ्नो दूतावास जेरुसेलम सार्नु अघिको अत्वाश्यक तयारी थाल्न निर्देशन दिइसकेको बताएका थिए । उनले ग्वाटेमाला इजरायलको लामो समयदेखिको गठबन्धन राष्ट्र भएको पनि बताएका छन् ।

जेरुसेलमको वैधानिकताको प्रश्नलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व जारी रहेको छ । इजरायलले जेरुसेलमको पूर्वी क्षेत्रलाई सन् १९६७ को मध्य पूर्वको युद्धका बेला जोर्डनसँगबाट कब्जामा लिएको थियो ।

तपाईंको प्रतिकृयाहरू