fbpx




ब्राजिलिया, पुस १२ (बिबिसी)– ब्राजिलमा रहेका भेनेजुएलाका उच्च कूटनीतिज्ञ गेरार्डो डेल्गाडोलाई ब्राजिलले स्वीकार्न नसकिने व्यक्तिका रूपमा घोषणा गरेकोे छ ।

भेनेजुएलाले कराकसका लागि आफ्ना राजदूत रुई पेरेरिरालाई निष्कासन गर्ने निर्णय गरेको केही दिनपछि ब्राजिलले यस्तो कदम चालेको छ ।
ब्राजिली राजदूतलाई देश निकाला गर्ने निर्णयका बारेमा व्याख्या गर्दै भेनेजुएलाले ब्राजिलका वामपन्थी पूर्व राष्ट्रपति डिल्मा रोसेफलाई गैरकानुनी रूपमा महाभियोग लगाएको बताएको थियो । गत शनिबार भेनेजुएलाले क्यानडाका उच्च कूटनीतिज्ञलाई पनि आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै देश निकाला गरेको घोषणा गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू