fbpx




 

काठमाडौं, पुस १३ (नेपालनीति) – सरकारले आर्थिक तथा रणनीतिक महत्वका राजमार्गमा बन्ने महत्वपूर्ण पुलहरुलाई चार लेनमै बनाउन थालेको छ । राष्ट्रिय राजमार्ग र सीमा नाका जोड्ने मार्गहरुलाई चार लेनमा स्तरोन्नती गर्ने सरकारी नीति छ ।
सोही नीतिबमोजिम महत्वपूर्ण पुलहरुलाई बहुलेनमा विस्तार गर्न थालेको हो, ।

यसको शुरुवात सरकारले महाकाली नदीमा बन्ने पुलबाट गर्दैछ । शारदा ब्यारेजको साँघुरो पुलबाट भारततर्फ आवतजावत गर्दै आएका सुदूरपश्चिमका बासिन्दालाई लाभ मिल्ने गरी महाकालीमा चार लेनको पुल बनाउन लागिएको हो । करिब तीन अर्ब रुपैयाँमा बन्न लागेको उक्त पुलका लागि अहिले प्रावि तयारीहरु भइरहेको छ ।
विभागले अब महत्वपूर्ण मानिएका पुललाई चार लेनमै बनाउन जरुरी रहेको निष्कर्ष निकालेको छ ।
सडकहरुमा सवारीको चाप बढ्दै गएकाले त्यसलाई थेग्न सक्ने पुल निर्माण गर्न विभागले यस किसिमको योजना तयार गरेको हो ।

तपाईंको प्रतिकृयाहरू