fbpx




 

कैलाली, पुस १३ (नेपालनीति) –जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धनगढीस्थित जिल्ला शिक्षा कार्यालय नजिकैको एक पसल अगाडि बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।
टिफिन बट्टामा प्लास्टिकले बेरेको र तार बाहिर झुण्डिएको वस्तु देखिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । त्यसैले सो वस्तु बम हुनसक्ने आशंका गरिएको छ । प्रहरी त्यस वस्तुको बारेमा सोही स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

बम भएको आशंकामा स्थानीयबासी त्रसित बनेका छन् ।

तपाईंको प्रतिकृयाहरू