fbpx




म्याग्दी, पुस १४ नेपालनीति) – म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा गत शनिबार दिउँसो आगलागी हँदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पीडित भएकालाई नेकपा( एमाले) म्याग्दीद्वारा संकलन भएको रु एक लाख ६ हजार ११५ सहयोग रकम बिहीबार उपलब्ध गराएको छ ।

सो रकममध्ये आगलागीबाट ठूलो भौतिक क्षति व्यहोरेका बेगप्रसाद पुर्जालाई रु ९५ हजार ११५ र राजकुमारी तिलिजालाई रु ११ हजार सहयोग गरिएको नेकपा (एमाले) जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिए ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, जिल्ला सचिवालय सदस्य तर्क केसी, सन्तोष रावल लगायतले पीडित परिवारलाई राहत हस्तान्तरण गरेका थिए ।

आगलागीबाट घरभित्रको सम्पूर्ण सामानसहित घर, फर्निचर लगायतको सबै सामान जलेर ठूलो क्षति व्यहोरेको समयमा नेकपा(एमाले) म्याग्दीले बेनीमा संकलन गरी उपलब्ध गराएको सो सहयोगले पीडित पुर्जा र तिलिजा परिवारलाई राहत मिलेको भन्दै पीडितले सहयोगदातालाई धन्यबाद ज्ञापन गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू