fbpx




उर्लाबारी, मोरङ, पुस १४( नेपालनीति) – मोरङ बेलबारी नगरपालिका– १ र केराबारी गाउँपालिका–९ का बाढीपीडितलाई आज सिरक, झुल, टोपी र मोजा वितरण गरिएको छ ।

पुसको कठ्यांगिँरदो चिसोमा कष्टकर जीवन बिताउन बाध्य बनेका २२ परिवारलाई वर्षा नेपाल पूर्वाञ्चलको सहयोग र मायालु हात मोरङ नामक संस्थाको समन्वयमा सो सहयोग गरिएको हो ।

गत साउनमा लोहन्द्रा खोलामा गएको बाढीले घरबारविहीन बनेका बाढीपीडितलाई सहयोग गरिएको मायालु हातकी संयोजक सुनिता तिवारी (हुमागाई)ले जानकारी दिइन् ।

उनका अनुसार बेलबारी–१ का १० र केराबारी–९ का १२ परिवारलाई सिरक, झुल, टोपी र मोजा वितरण गरिएको हो । टोपी र मोजा बालबालिकालाई लक्षित गरेर वितरण गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू