fbpx




बेइजिङ, पुस १५ (एजेन्सी)– बलजफ्ती र हत्यामा संलग्नसहित सामूहिक अपराध गरको आरोपमा चीनले ३६ जनालाई जेल सजाय तोकेको छ ।
दक्षिणी चीनमा रहेको एउटा अदालतले हत्या, मारपिट र गैरकानुनी रूपमा क्यासिनो सञ्चालनसहित सामूहिक अपराध गरेको भन्दै ३६ जना मानिसलाई २५ वर्षसम्मको जेल सजाय तोकेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

हाइनान नामक समूहका नेता हुवाङ तुवाङलाई सन् २००५ मा सामूहिक अपराध गरेको भन्दै २५ वर्ष जेल सजाय तोकिएको छ भने सोही समूहकै अन्य सदस्यलाई भने अपराधको दायराअनुसार १२ महिनादेखि २३ वर्षसम्म जेल सजाय तोकिएको सिन्ह्वाले जनाएको छ । माफिया प्रकारका कैयौं आपराधिक समूहलाई चिनियाँ अदालतले यस वर्ष जेल सजाय तोकेको छ । यस्तो सजाय तोकिएकामा अधिकाशं जुवा जुन चीनमा गैरकानुनी मानिन्छ त्यस्तोमा संलग्नलाई आरोपित मान्दै सजाय दिने गरिएको छ ।

हुवाङ तुवाङले चीनमा मसाज पार्लर, लाइसेन्स बिनाको पैसा उधारो दिने निकाय र क्यासिनो सञ्चालन गर्दै कैयौं गेरकानुनी व्यापार गरेको र त्यसले चीनको केही क्षेत्र र उद्योगमा कानुन बाहिरको अवस्थासमेत सिर्जना गरेको थियो, रिपोर्टले बताएको छ ।
‘मुन हेल्प’ नामक समूहका नाममा सञ्चालित सामूहिक संगठन ४० भन्दा बढी सदस्यले बनेको र त्यसमा बारम्बार विद्यार्थी र स्कुल छोडेकाहरुलाई पदपूर्ति गर्ने गरेको सिन्ह्वाले जनाएको छ ।

गत महिना उत्तरपश्चिमी चीनको सान्सी प्रान्तमा मारपिट, डकैती र बलजफ्ती गरको अभियोगमा समूहका २७ जनालाई २५ वर्षसम्मको जेल सजाय तोकिएको थियो । गत जनवरी महिनामा अन्हुई प्रान्तको अदालतले यस्तै प्रकृतिको अपराधमा संलग्न रहेको अभियोगमा ६७ जनालाई जेल सजाय तोकेको थियो ।

तपाईंको प्रतिकृयाहरू