fbpx




काठमाडौं, पुस १६ (नेपाल नीति): नेविसंघ केन्द्रिय समितिद्धारा राष्ट्रिय सभागृहमा आयोजित आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप विषयक विचार गोष्ठिमा पार्टी सभापति एवं प्रधानमन्त्रि शेरबहादुर देउवाले अनुशासन सहितको मेलमिलाप आवश्यक रहेको कुरा बताएका छन् ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै देउवाले निर्वाचनमा पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्ताहरुलाई कारवाहि गर्ने बताए भने निर्वाचनको परिणामलाई लिएर हतास नहुन कांग्रेसका नेता कार्यकर्तालाई सुझाव दिदै पराजयको कारण खोजि सुधार तर्फ लाग्ने प्रतिबद्धता पनि जाहेर गरे ।


राष्ट्रिय सभागृहमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु बिमलेन्द्र निधि, प्रकाशसरण महत, बालकृष्ण खाँड, किशोर सिंह राठौर, डिना सङ्ग्रौला, विश्व प्रकाश शर्मा, , गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतले मन्तव्य राख्दै पार्टीको आधुनिक व्यवस्थापन प्रविधिमा जोड दिँदै मेलमिलापको सान्दर्भिकता पृष्टि गर्न व्यवहारत लाग्नुपर्ने बताए ।

यसैगरि कार्यक्रमका सभापति तथा नेविसंघ अध्यक्ष नैन सिंह महरले पार्टीका नेताहरुलाई नेविसंघ प्ले ग्राउण्ड नभएको भन्दै आफू सधै मेलमिलापकै सिद्धान्त अनुसार नै चल्ने तर अनावश्यक हस्तक्षेप ठिक नहुने भन्दै नेविसंघलाई चुस्त दुरुस्त राख्न लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।

तपाईंको प्रतिकृयाहरू