fbpx




काठमाडौँ, असोज २ (एजेन्सी)-
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६० –६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दीए।
अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने जानकारी आयोगले दिएको छ ।

त्यसतैगरी पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दीए  ।

तपाईंको प्रतिकृयाहरू