fbpx




असोज २, काठमाडौं , नेपालनीति

तेस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहममा सोमबार भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ भने कतिपय स्थानीय तहमा राति अबेरसम्म मतपेटिकाको संकलन काम भएकोले सर्बदलिय बैठक बसेर अहिले बिहानबाट मतगणनाको कार्य सुरु गर्ने तयारी छ।

मतगणना भईरहेका स्थानीय तहमध्ये पछिल्लो मतगणना अनुसार सिरहाको कल्याणपुण नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि रहेको छ ।

महोत्तरीका ९ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । रौतहटका पनि १८ वटा तहमध्ये १२ वटा तहमा मतगणना सुरु भएको छ । सर्लाहीका २० मध्ये केहीमा राति १ बजेदेखि मतगणना सुरु भएको छ । पर्साको वीरगंज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगररमा भने अहिले बिहानदेखि मत गन्ने तयारी छ ।

बाराका १६ वटामध्ये ७ वटामा तहमा भर्खरै मतगणना सुरु भएको छ । सप्तरीको सप्तकोशी गाउँपालिकासहित धेरैजसो तहमा मतगणना सुरु भएको छ । यस्तै सिरहा, वारा र सप्तरीमा पनि राति अबेरदेखि मत गन्न थालिएको छ । धेरै जसो स्थानीय तहमा।मतगणना भईरहेकोले प्रारम्भिक मतगणनाको परिणाम आउन थालिसकेको छ।

तपाईंको प्रतिकृयाहरू