fbpx




काठमाडौं, असोज ३, नेपालनीति
स्थानीय तहको निर्वाचनअन्तर्गतको अन्तिम तथा तेस्रो चरणका लागि असोज २ गते भएको निर्वाचनमा ७३ प्रतिशतभन्दा बढी मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार तराईका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा मतदान उत्साहपूर्ण सम्पन्न भएको छ । यसैबीच मतगणना स्थलमा मतपेटिका पुगेको ठाउँमा सोमबार रातिबाट नै मतगणना सुरु भएको छ । प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तेस्रो चरणअन्तर्गत सोमबार मतदान भएको हो । ‘मतदान शान्तिपूर्ण, उत्साहसजक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ,’ निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए । आठ जिल्लाभर अर्काको नामबाट मत दिन खोज्ने ३८ जनालाई प्रहरीले नियन्त्रणम लिएको थियो ।

तपाईंको प्रतिकृयाहरू