fbpx




काठमाडौं, नेपालनीति
असोज ३

वर्षकै सर्वाधित प्रतिक्षारत चलचित्र छक्का पञ्जा २ को ए दाजु नसमाऊ नारीमा बोलको गीतको युट्युबामा एक करोड भ्यु पुगेको छ ।

दीपाश्री निरौलाको निर्देशन र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र छक्का पञ्जाको यस गीतमा अल्मडा राणा उप्रेती र सुजता वर्माको आवाज रहेको छ । कान्छा मगर नेपालीको ओर्जिनल संगीत रहेको गीतलृ युट्युबमा एक करोड बढी भ्यु बटुलेको छ । यससँगै एक करोड भ्यु पुग्ने नेपाली गीतको सूचीमा पुग्ने गीतमा यो गीतले पनि दर्ता गरेको छ । चलचित्र छक्का पञ्जा २ असोज ११ गते फूलपातीको दिनदेखि देशैभर प्रदर्शनमा आउँदै छ । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो :

तपाईंको प्रतिकृयाहरू