fbpx




असोज ३, काठमाडौं, नेपालनीति

गुल्मी जिल्ला क्षेत्र न. ३ का सांसद एंव पुर्व मन्त्री गोकर्ण बिष्टले गुल्मीको सिमलटारीमा अबस्थित मालिका माविलाई क्याम्पस बनाउन आफुले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ। पुर्व मालिका मावि बिधार्थी समाज गुल्मीले राजधानीमा मंगलबार आयोजना गरेको दशैं शुभकामना एंव साधरणसभा कार्यक्रममा नेता बिष्टले, मालिका माविले धेरै बिधार्थी जन्मायो, मालिका माविमै पढेका धेरै बिधार्थीहरु आज नेपाल सरकारको उच्च अहोदामा हुनुहुन्छ तर मालिका मावि स्थापनाकालको ५५ बर्ष काटिसक्दा पनि क्याम्पस बन्न नसक्नु दुखद रहेको बताउनु भयो। एक फरक प्रसंगमा नेता बिष्टले गुल्मीमा थुप्रै विकास निर्माणको कामहरु भईरहेका छन् साथै छिट्टै तम्घास सिमलटारीको सडक कालोपत्रे हुने बताउनुभयो। राजधानीमै बसेर पनि आफ्नो गाउँ ठाउको लागि धेरै गर्न सकिने उदाहरण प्रस्तुत गर्दै काठमाडौंमा बस्ने मालिका माविका पुर्व बिधार्थीले क्याम्पस निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहोस, मैले गर्न सक्ने सम्पुर्ण सहयोग गर्ने नै छु सांसद गोकर्ण बिष्टले बताउनुभयो।

 

 

तपाईंको प्रतिकृयाहरू