fbpx




 

असोज ३, काठमाडौं, नेपालनीति

प्रधानमन्त्रीमा निर्वाचित भईसकेपछी दोस्रो बिदेश भ्रमणको रुपमा संयुक्त राष्ट्र संघको ६७ औं महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेर ब. देउवा मंगलबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवाले यही असोज ७ गते संयुक्त राष्ट्र संघको ६७ अौं महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवालाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीलगायत उपस्थित थिए। प्रधानमन्त्री देउवा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहित अमेरिका प्रस्थान गरेको छन्। उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला-बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत देउवाको भ्रमण टोलीमा रहेका छन्। देउवा असोज १२ गते मात्र स्वदेश फर्कने कार्यक्रम रहेको छ। देउवाको बिदाईमा नेपाली सेनाको एक टुकुडीले सम्मानार्थ सलापी अर्पण गरेको थियो।

तपाईंको प्रतिकृयाहरू