fbpx




असोज ३, काठमाडौं, नेपालनीति

तेस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गत प्रदेश न. २ मा सोमबार भएको निर्वाचनको प्रारम्भिक परणाम आईरहेको छ। हाल सम्मको प्रारम्भिक परिणाममा काँग्रेसले अग्रता कायमै राखेको छ।छ। एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा सोमबार निर्वाचन भएको हो। हालसम्म ८२ स्थानीय तहको प्रारम्भिक नतिजामा  नेपाली कांग्रेसको सुरुआती अग्रता छ। नगरपालिकाको मात्र प्रारम्भिक परिणामलाई हेर्दा काँग्रेसले १२ वटा नगरपालिकामा अग्रता लिएको छ भने एमालेले ९ वटा नगरपालिकामा अग्रता कायम राखेको छ। त्यस्तै संघिय समाजवादी फोरमले ८ स्थानमा र माअोवादी केन्द्रले ७ नगरपालिकामा अग्रता कायम राखेको छ।

काँग्रेस २४ स्थानीय तहमा अगाडी देखिएको छ। जसमध्ये १२ नगरपालिकामा अगाडि छ। काँग्रेस अगाडी भएका नगरपालिकाहरु:

महोत्तरीः रामगोपालपुर र बर्दिबास नगरपालिका
धनुषाः धनुषाधाम नगरपालिका
बाराः महागढिमाई नगरपालिका
रौतहटः चन्द्रपुर, गढिमाइ , परोहा र इसनाथ नगरपालिका
सर्लाहीः  हरिपुर्वान र मंगलवा नगरपालिका
सप्तरीः खडक र कञ्चनरुप नगरपालिका

हालसम्म १८ स्थानमा अग्रता लिएको एमाले ९ नगरपालिकामा अगाडि छ। एमालेले अग्रता लिएका नगरपालिकाहरु:

पर्साः पर्सागढी नगरपालिका
सिरहाः लहान र कर्जना नगरपालिका
बाराः निजगढ नगरपालिका
सर्लाहीः हरिवन र ईश्वरपुर नगरपालिका
सप्तरीः सप्तकोशी नगरपालिका
रौतहटः गौर नगरपालिका
धनुषाः मिथिला नगरपालिका

१६ स्थानीय तहमा अगाडी देखिएको संघीय समाजवादी फोरम ८ नगरपालिकामा अगाडि छ।

धनुषाः कमला, क्षिरेश्वरनाथ र हंसपुर नगरपालिका
सिरहाः सिरहा र सुखीपुर नगरपालिका
सप्तरीः बोदेबरसाइन र हनुमाननगर कंकालिनी नगरपालिका
पर्साः पोखरीया नगरपालिका

त्यस्तै १४ स्थानमा अग्रता लिएको माओवादी केन्द्र ७ नगरपालिकामा अगाडि छ। माअोवादी केन्द्रले अग्रता लिएको नगरपालिकाहरु

सिरहाः मिर्चैया र गोलबजार  नगरपालिका
रौतहटः फतुवाबिजयपुर नगरपालिका
सर्लाहीः बाग्मती नगरपालिका
धनुषाः सवैला र धुनषाधाम नगरपालिका

त्यस्तै ५ नगरपालिका सहित ११ स्थानमा राजपाले अग्रता कायम राखेको छ।

बाराः पचरौता सिम्रौनगढ नगरपालिका
सप्तरीः हनुमाननगर नगरपालिका
सर्लाहीः ब्रह्मपुरी नगरपालिका
महोत्तरीः मनरा नगरपालिका
रौतहटः गुजरा नगरपालिका

त्यस्तै फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वर नगरपालिकामा अगाडि छ। निर्वाचन आयोगले निर्वाचनको पूरा परिणाम आउन पाँच दिन लाग्ने बताएको छ।

तपाईंको प्रतिकृयाहरू