fbpx




प्रकाश अर्याल
असोज ३, काठमाडौं , नेपालनीति

गए राति भएको स्पेनिस लिगमा बार्सिलोनाले ईबार माथि ६-१ को जित निकालेको छ। बार्सिलोनाको लागि अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफ्नो व्यक्तिगत खातामा चार गोल दर्ता गर्दै ह्याट्रिक छन्। यो उनको ३९ अौं ह्याट्रिक हो। त्यस्तै गरी लियोनल मेसी कै पासमा डेनिस स्वारेजले अनि डेनिस स्वारेजको उत्कृष्ट कर्नरमा पाउल्न्होले गोल गरेका थिए। ईबारका तर्फबाट भने सर्जी इनरिचले डेभिड जुन्काको उत्कृष्ट पासमा सान्त्वना गोल फर्काएका थिए।

बार्सिलोनाका फ्रान्सेली विङ्गर डेम्बेले गएको खेलमा घाइते भए पछि उनको ठाउँ डिउल्फिओले लिएका थिए। उरुग्वेन स्ट्राइकर लुईस स्वारेज भने वेन्चमा रहेका थिए। यसका साथै बार्सिलोनाले महत्वपूर्ण तिन अङ्क बटुल्दै समुहको शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिड समुहको चौथो स्थानमा छ। एजेन्सीको सहयोगमा।

 

 

तपाईंको प्रतिकृयाहरू