fbpx




प्रकाश अर्याल
असोज ४, काठमाडौं, नेपालनीति

गए राती भएको ई. एफ. एल कपमा लिभरपुलले लेसिस्टर सिटी बाट २-० को नमिठो हार बेहोरेको छ। लेसिस्टर सिटीको घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा लेसिस्टर सिटीका तर्फबाट खेलको ६५ औं मिनेटमा सिन्जी ओकाजेकी र ७८ औं मिनेटमा इस्लाम सिलीमानीले गोल गरेका थिए। खेलमा ३१६०९ दर्शकको उपस्थिति रहेको थियो।

त्यस्तैगरी गए राति नै भएको बुन्डेस लिगमा वायर्न म्युनिखले शाल्केलाई ३-० ले हराएको छ। खेलको २५ औं मिनेटमा रोबर्ट लिवान्डेस्कीले पेनाल्टी मार्फत गोल गरेका थिए भने लगत्तै २९ औं मिनेटमा रियल मड्रिड बाट यही सिजन लोनमा आएका खेलाडी ह्यामेज रोड्रीगेजले गरेका थिए। खेलको ७५ औं मिनेटमा ह्मयमेजकै पासमा अर्चुरो भिडालले गोल गरेका थिए।

तपाईंको प्रतिकृयाहरू