fbpx




काठमाडौं, असोज ४
काठमाडौंको उत्तरी भेगकै उत्कृष्ट कपन बहुमुखी क्याम्पसले असोज ३ गते संविधान दिवसको अवसर पारेर नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८ र छठ लगायतको उपलक्ष्यमा क्याम्पस प्राङ्गणमै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्याम्पसका सल्लाहकार, व्यवस्थापन समितिका सदस्य, आजीवन सदस्य, प्राध्यापक र विद्यार्थीको उपस्थितिमा सम्पन्न कार्यक्रममा बोल्दै क्याम्पसका अध्यक्ष कुमार प्रसाद ओझाले कपन बहुमुखी क्याम्पस गुणस्तर शिक्षाका लागि सदैव लागरिहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी क्याम्पस प्रमुख भूमिदत्त पौडेलले क्याम्पसको गतिविधि र क्याम्पसले प्राप्त गरेको नतिजाका बारेमा बोलेका थिए । क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गतको पहिलो ब्याचमा ८४ प्रतिशत नतिजा आएको पनि उनले जानकारी दिएका थिए ।

अनौपचारिक रुपमा सम्पन्न भएको कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख डोरप्रसाद आचार्यले सञ्चालन गरेका थिए भने विद्यार्थीका साँस्कृति प्रस्तुतिले कार्यक्रमलाई रौनकता प्रदान गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू