fbpx




काठमाडौं, असोज ४ -काठमाडौंको कपनमा रहेको कपनटार युवा क्लब र बेख सिद्धेश्वर युवा क्लबको संयुक्त आयोजनामा असोज ५ गतेबाट तेस्रो खसी कप फुटबल प्रतियोगिता – २०७४ हुने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको ह्याण्डबल चौरमा हुने सिक्स ए साइड फुटबल प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाउन लागेको कार्यक्रमका संयोजक सजन थापाले जानकारी दिए ।

असोज ११ गते, फुलपातिको दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले  खसी प्राप्त गर्ने, दोस्रो हुने टिमले २ वटा लोकल कुखुराका साथै प्रथम र दोस्रो हुने दुवै टिमले प्रमाणपत्र र मेडल पनि प्राप्त गर्ने संयोजक थापाले बताए ।  परम्पराको निरन्तरताका लागि यस्तो खालको कार्यक्रम गर्न लागेको बताउँदै संयोजक थापाले भने १२ गते अष्टमीका दिन कपनको बंगलामुखी मन्दिर प्राङ्गणबाट चंगा चेट कार्यक्रम पनि गरिनेछ ।

तपाईंको प्रतिकृयाहरू