fbpx




बिबिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै प्योंगयांगद्धारा परमाणु कार्य जारी राखे अमेरिकासामु उत्तर कोरियालाई ध्वस्त पार्नुको विकल्प नरहने बताएका छन् ।

अमेरिका सँग धेरै बल तथा संयम रहेको कुरा जिकिर गर्दै यदि अमेरिकालाई प्रतिरक्षा गर्न बाध्य पारिन्छ भने आफू सामु उत्तर कोरियालाई ध्वस्त पार्नु बाहेक अन्य कुनै उपाय बाँकि नरहने कुरा उल्लेख गरे । प्योंगयांगद्धारा गरिएका आणविक कार्यले अमेरिकालाई मात्र नभएर सारा विश्वलाई नै खतरा पु¥याईरहेको कुरा बताउदै प्योंगयांगले निसस्त्रीकरण तर्फ लाग्न चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनलाई रकेट म्यानको संज्ञा दिंदै उनी आफ्नो र आफ्नो सत्ताको लागि आत्मघाति मिशनमा लागेको कुरा बताएका छन् र सोहि रुपमा अघि बढे उत्तर कोरिया पूर्ण रुपमा ध्वस्त पारिने धम्कीपूर्ण मनतव्य दिएका छन् ।

यसैगरि राष्ट्रपति ट्रम्पले इरानद्धारा उत्पन्न खतराको बारे पनि बोलेका छन् । इरान मध्यपुर्वमा अस्थिरता सिर्जना गर्न लागिपरेको कुरा उल्लेख गर्र्र्दै तेहरानद्धारा आतंकबादलाई सहयोग गर्न बन्द गर्नु पर्ने कुरा बताउदै आलोचना गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू