fbpx




असोज ४, काठमाडौं, नेपालनीति

तेस्रो चरणको निर्वाचनको मतगणना अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रले दोब्बर भन्दा बढी मतले अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रका मेयर उमेदवार श्रवणकुमार यादवले २ हजार ७ सय २० मत ल्याएका छन्। उनलाई पच्छाइरहेका एमाले उमेदवार प्रदिप महासेठको १ हजार १ सय ५७ मत रहेको छ । तेस्रोमा रहेको नेपाली कांग्रेसका उमेदवारको सीताराम यादबको १ हजार ५५ मत रहेको छ।

अहिलेसम्म मतगणना भएका १ र २ नम्बर वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वाड नम्बर ३ मा एक सदस्य बाहेक सबै माओवादी केन्द्रले जितेको छ । एउटा खुल्ला सदस्य भने नेपाल लोकतान्त्रिक फोरमले जितेको छ। वाड नम्बर ४ मा राजपाले वडा अध्यक्ष जितेको छ भने अरु सबै सदस्य माओवादी केन्द्रका रहेका छन्। सेतोपाटीमा समाचार छ।

 

तपाईंको प्रतिकृयाहरू