fbpx




असोज ५, नेपालनीति, काठमाडौं

तेस्रो चरणको स्थानीय निर्वाचनको प्रदेश न. २ मा मतगणना जारी छ। केही स्थानीय तहको नतिजा पनि आगन थालिरेको छ। यसैबीच सप्तरीको सप्तकोशी नगरपालिकामा एमाले प्यानलसहित विजयी भएको छ । मेयरमा उत्तम गौतमले ३०३९ मतसहित जित हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका धुब्र कार्कीको १८८३ मत आएको छ । यस्तै उपमेयरमा एमालेकी आशा चौधरी ३२२७ मत ल्याएर विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राजकुमारी चौधरीले २१९९ मत पाउनुभयो । १८ तह रहेको सप्तरीमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम समान ६ तहमा अगाडि छन् भने राजमा २ तथा एमाले र नयाँ शक्ति पार्टी एक एक तहमा अघि छन् । सप्तरीको राजविराजमा भने बिहीबार चुनाव हुँदैछ । यसैबीच पछिल्लो मतपरिणाम अनुसार कुल १३६ स्थानिय तहमध्ये काङ्ग्रेस ४५, समाजवादी फोरम २५, एमाले, २१, माअोवादी केन्द्र १७ , राजपा १५ स्थानीय तहमा अगाडी रेहेका छन्।

 

तपाईंको प्रतिकृयाहरू