fbpx




असोज ५, काठमाडौं, नेपालनीति

असोज २ गते सम्पन्न प्रदेश न. ३ को जारी मतगणनाको नतिजा आउने क्रम सुरु भएको छ। यसैबीच सिरहाको अर्नमा गाउँपालिकाको उपमेयरमा मात्र एक मतले जीत हार भएको छ। माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया मात्र १ मतले विजयी भएकी हुन्। उनले २२९९ मत ल्याइन्। एमालेकी उम्मेदवार रामकुमारी महतो केवल १ मतले पराजीत भइन्। उनले २२९८ मत प्राप्त गरिन्।

गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अध्यक्ष जितेको छ। माओवादी केन्द्रका ठकु महतो कोइरी विजयी भएका हुन्। उनले २४३६ मत प्राप्त गरेका हुन्। महतोले एमालेका चन्द्रेश्वर मण्डललाई पराजित गरे। मण्डलले २२०९ मत प्राप्त गरे। सेतोपाटी अनलाईनबाट

 

तपाईंको प्रतिकृयाहरू