fbpx




असोज ५, काठमाडौं, नेपालनीति

दुई नम्वर प्रदेशमा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको जारी मतगणाको नतिजा आउन थालेको छ। यसैबीच नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ। धनुषाको औरही गाउँपालिकाकामा कांग्रेस उम्मेदवारले जित हात पारेका हुन्। अध्यक्षमा ब्रह्मदेव यादव २ हजार ५६९ मत ल्याएरु विजयी भए । उपप्रमुखमा पनि कांग्रेसकै मिरा सहनी २ हजार ४९४ मत ल्याएर विजयी भएकी छन्। अग्रताको हिसावले सबै भन्दा अघि रहेको कांग्रेसको लागि दुई नम्वर प्रदेशमा यो पहिलो जित हो। पछिल्लो परिणाम अनुसार नेपाकी काङ्ग्रेसले ४५ अौं तहमा अग्रता कायम राखेको छ।

 

तपाईंको प्रतिकृयाहरू