fbpx




प्रकाश अर्याल
असोज ५, काठमाडौं , नेपालनीति

नेपाली समय अनुसार आज बिहान १ बजेर ४५ मा भएको स्पेनिस लिगमा विश्व च्याम्पियन रियल मड्रिड, रियल वेटीस बाट १–० ले पराजित भएको छ ।
खेलमा दुवै टोलीले विभिन्न मौका सिर्जना गरेता पनि ९० मिनेट सम्म कसैले पनि गोल गर्न सकेन । खेलको इन्जुरी समयमा रियल वेटीसका सेन्ट्रल स्ट्राइकर एन्टोनियो सानावेरीयाले एन्टोनियो बारागियनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
रियल वेटीसको यो जित सन् १९९८ पछिको पहिलो जित हो । यो सँगै रियल मड्रिड लिग टेबलमा जम्मा ८ अंक रहेको छ भने समूहको शीर्ष स्थानमा १५ अंकका साथ बार्सिलोना रहेको छ ।

तपाईंको प्रतिकृयाहरू