fbpx




असोज ५, नेपालनीति

दुई नम्बर प्रदेशअन्तर्गत पर्सा जिल्लाको ठोरी गाउँपालिकामा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष वा उपाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।

केहिबेर अघि सम्पन्न मतगणनामा ठोरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ र उपाध्यक्षमा शान्ति माया थिङ निर्वाचित भएका छन् ।
अध्यक्ष श्रेष्ठले दुई हजार आठ सय दुई मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर श्रेष्ठले दुई हजार तीन सय ६३ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्ष थिङले दुई हजार चार सय ८३ मत पाएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी उम्मेद्वारले दुई हजार तीन सय दुई मत ल्याएकी छिन् ।

योसँगै माओवादीले तेस्रो चरणको स्थानीय चुनाव भएको प्रदेश नम्बर दुईामा तीन स्थानमा जित हासिल गरेको छ । यसअघि माओवादीले सिराहाको कर्जन्हा नगरपालिका र अर्नामा नगरपालिकामा जित हासिल गरेको थियो । उसले अहिले २० स्थानमा अग्रता लिइरहेको छ ।

 

तपाईंको प्रतिकृयाहरू