fbpx




असोज ५, नेपालनीति, सप्तरी

सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार परमानन्द यादव विजयी भएका छन् ।

यादव तीन हजार पाँच सय ४५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले तीन हजार चार सय २४ मत पाए ।
उपाध्यक्षमा पनि नेपाली काँग्रेसले शानदार जित हासिल गरेको छ । काँग्रस उम्मेदवार पुष्पादेवी मण्डलले तीन हजार चार सय ५५ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्दी एमालेकी चन्द्रिका देवीले दुई हजार एक सय ४७ मतमात्र ल्याइन् ।

सप्तरीमा कांग्रेसको यो दोस्रो जित हो भने समग्रमा सातौं हो । सप्तरीको विष्णुपुरसहित धनुषाको औरही र जनकनन्दिनी, सिरहाको नवराजपुर, सर्लाहीको धनकौल, रौतहटको परोहा र बाराको करैयामाईमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू