fbpx




असोज ६, काठमाडौं, नेपालनीति

हिन्दुहरुको महान पर्व दशैं हिजोबाट सुरु भईसकेको छ। १५ दिन सम्म मनाईने दशैं पर्व हरेक दिन विशेष हुने गर्दछन्। घटस्थापनाबाट सुरु भई कोजाग्रत पुर्णिमाको दिनसम्म दशैं पर्व चल्दछ। घटस्थापनाको दिन घर घरमा जमरा उमार्ने काम गरिन्छ। दशैंको दोस्रो दिन द्दितियाको दिन देवीको आरधानाको संगै हिन्दु संस्कार अनुसार दुईज हेर्ने परम्परा छ। दुईज भनेको दोस्रो दिनको चन्द्रमा हुन्। हसिँया अाकारमा रहने चन्द्रमालाई आज हेर्न सकेमा मानोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। भदौको चौथीको दिन यदी चन्द्रमा हेरीएको छ भने त्यसलाई राम्रो मानिदैन्। त्यसैले त्यो दोष कटाउनको लागि पनि आजको दिन दुईज हेर्ने परम्परा रहेको छ। दुईज हेर्नको लागि साझँ सुर्य अस्ताईसकेपछी सुर्य अस्ताएको ठाँउमा केही समय हेरीरहने हो भने दुईज हेर्न सकिनेछ। दुईज साझँमा मात्र देखिनेछन। दिउँसोमा सुर्यको प्रकाशले चन्द्रमा देखिदैन। त्यसैले साझमा सुर्य अस्ताईसकेपछी त्यहीं ठाउमा हेर्दा हसिँया आकारमा सानो चन्द्रामा देखिनेछन त्यसैलाई हामी दुईज भन्छौं।

तपाईंको प्रतिकृयाहरू